राजनीति

राष्ट्रपतिद्वारा बजेट अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेश जारी गर्नुभएको छ । योसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’, र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । ती अध्यादेश मन्त्रिपरिषद्को आजकै बैठकबाट पारित गरी राष्ट्रपतिकोमा पठाइएको थियो । सरकारले आजै नयाँ बजेट ल्याउँदै छ । प्रधानमन्त्री निवास बालुवाटारबाट अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजे बजेट भाषण गर्ने कार्यक्रम छ ।