राजनीति

छोटो अवधिमा योहो टेलिभिजनले लोकप्रियता हासिल गर्‍यो : राष्ट्रपति भण्डारी


काठमाडौँ – योहो टेलिभिजन सफलतापूर्वक दोस्रो वर्ष पूरा गरी तेस्रो वषएमा प्रवेश गरेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
स्थापनाको छोटो अवधिमा राजनीतिक, सामाजिक, आर्थिकलगायत आमचासो र सरोकारको विषयमा सूचना संप्रेषण गरी योहो टेलिभिजनले लोकप्रियता हासिल गरेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

आम दर्शकको चाहना र आवश्यकता बुझी सामाजिक उत्तरदायत्व समेत निर्वाह गर्दै सशक्त संचार माध्यमको रुपमा योहो टेलिभिजनले छुट्टै पहिचान निर्माण गर्न सफल भएको राष्ट्रपतिले उल्लेख गर्नुभएको छ । सत्य र तथ्यमा आधारित भएर सूचना संप्रेषण गर्नु आमसंचार जगतको धर्म भएको उहाँले औल्याउनुभएको छ ।

कोभिड–१९ महामारीको संक्रमणबाट जोगिन आम जनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना संप्रेषण गरी राज्यलाई प्रतिकार्य निर्माणमा महत्वपूर्ण योगदान गर्न सक्ने उहाँले बताउनुभएको छ ।