राजनीति

लिगबाट च्यूत भयो कांग्रेस, महाधिवेशन धकेल्दा धकेल्दै वैधानिकता गुम्ने खतरा (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेस १४ औँ महाधिवेशन गर्ने तरखरमा जुट्दै गर्दा मुलुकको राष्ट्रिय राजनीति संसदीय दलदलमा फसेपछि काँग्रेसको अलमलमा परेको छ । संसद विघटन र सत्ता समीकरण पेचिलो बन्दै जाँदा सरकारको नेतृत्व गर्न होमिएको काँग्रेस महाधिवेशन लिगबाट च्युत भएको विश्लेषण हुने गरेको छ । मुलुककै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७६ फागुनमा आफ्नो १४ औँ महाधिवेशन गरिसक्नु पर्ने थियो ।

तर पार्टीको दुई पक्षको रसाकस्सीले महाधिवेशनको मिति सर्दै सर्दै आयो । महाधिवेशन धकेलिने स्थिति अझै जारी छ । अहिले नेपाली कांग्रेसले २०७८ भदौभित्र महाधिवेशन गर्ने मिति तोकेको छ । पौष ५ को संसद विघटन पछि पुनस्थापना नयाँ सत्ता समीकरणको खेलले काँग्रेसलाई महाधिवेशनको रन्को हटेको थियो ।

अनौठो त के देखियो भने छिटो महाधिवेशन गरौँ भन्दै सस्थापन पक्षलाई दवाव दिइरहेको रामचन्दै पौडेल पक्ष नै महाधिवेशनको हतारो छाडेर सरकारको नेतृत्व गरिदिनुपर्याे भन्दै सभापति शेर बहादुर देउवालाई अनुनय गर्न थाले । त्यसपछि काँग्रेसमा सवैलाई महाधिवेशन हाइसञ्चो भएको हो ।

पार्टिको विधान अनुसार आगामी भदौमा महाधिवेशन हुनुपर्ने बाध्यकारी अवस्था थियो । भदौ ७–१० मा महाधिवेशन त तोकियो तर त्यस अघि सक्नुपर्ने पार्टिका क्रियाशिल सदस्यता विवरण भने अझै सकिएको छैन । जस्ले क्रियाशिल सदस्यताको दवाव दिइरहेका थिए उनीहरु आगामी सरकार यात्राको बाटोमा मोडिएपछि देउवालाई आन्तरिक तयारका दृष्टीले फाइदा नै भएको देखिन्छ । महाधिवेशनको मुखैमा आएर यही बेला कोरोना महामारीको दोस्रो लहर र मध्यावधि चुनावको घोषणाका कारण महाधिवेशन संकटमा पर्दै गएको देखिन्छ ।

कांग्रेसको विधानअनुसार १४ औं महाधिवेशन २०७६ फागुनमा नै भइसक्नुपर्ने हो । तर, विधानमा एक वर्ष अवधि लम्ब्याउने सुविधा भएकाले विगतका नेतृत्वले झैं शेरबहादुर देउवाले पनि चार वर्षमा महाधिवेशन नगरेको आरोप खेपिरहनु परेको छ । रामचन्द्र पौडेल पक्षको बहिस्कारका बाबजुद ११ पुस २०७६ मा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले एक वर्ष म्याद थप्यो र, महाधिवेशनको मिति २०७७ फागुन ७–१० लाई तोक्यो ।

केन्द्रीय कार्यसमितिले पास गरेको महाधिवेशन कार्यतालिका अनुसार असार २० गते वडा, २२ गते गाउँ तथा नगर, २५ गते प्रदेशसभा क्षेत्र र २७ गते प्रतिनिधिसभा क्षेत्र र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्नुपर्छ ।

८ साउनमा प्रदेश अधिवेशन र भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । यो अधिवेशन गर्न क्रियाशील टुंग्याउनु पूर्व शर्त हो । तर पार्टिको समयोजन नै टुंग्याउन नसकेको कांग्रेसलाई महाधिवेशनको यो मिति टार्न कोरोना भाइरसको महामारी बहाना बनेको छ । अहिले त राष्ट्रिय राजनीति पनि । यदी अहिलेको राजनीति संङलिएर संसद पुनस्थापना भयो भने पनि काँग्रेस सरकारको बाघडोर सम्हाल्न व्यस्त हुने छ ।

यदी संसद विघटन नै सदर भएर तोकिएको मध्यावधिक निर्वाचनको बाटोमा देश गयो भने पनि महाधिवेशन भन्दा पार्टीलाई निर्वाचनमै होम्याउनु लाभदायक हुने नेतृत्वले सोच्नेछ । त्यसो हुँदा काँग्रेसको महाधिवेशन अन्योलमा देखिन्छ ।