काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन् ।
स्रोतका अनुसार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिएका छन् । पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने एमाले स्रोतले बताएको छ ।
प्रतिक्रिया