राजनीति

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण दण्डनीय, कारवाही हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मचारीमाथि आक्रमण दण्डनिय भएको बताउनुभएको हो ।

उहाँले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरिएको जस्तै दण्डणीय हुने बताउनुभयो । साथै उहाँले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाको लागि सरकार प्रतिवद्व रहेको समेत विश्वास दिलाउनुभएको छ ।

बिहीबार भेरी अस्पतालमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु भएसँगै एक समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।