Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आज मध्यरातबाट मौन अवधि सुरु


काठमाडौँ – लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरण गराएको छ ।

साथै आयोगले मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउन आयोगले आग्रह गरेको छ । एस.एम.एस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले उल्लिखित आचरणहरू पालना गर्न गराउन आयोगले अनुरोध गरेको छ । जेठ १७ गते सोमबारको लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।

उक्त उपनिर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।