देश

नेपालमा कोरोनाको ग्राफ ओरालो लाग्दै, थप ६ हजार ९५१ जनामा संक्रमण पुष्टि , ९६ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ९६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९५१ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ३१३ र एन्टिजेन विधिबाट ९६ जनाको परीक्षण गर्दा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ ।

आज देशभर ९ हजार ८४१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ८०९ जना छन् ।