राजनीति

रिट निवेदकलाई बहसका लागि १० मिनेटको समयसीमा


काठमाडौँ – प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा निवेदकले जनही १० मिनेटमात्र बहस गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले निवेदन लागि आफ्नो भनाइ राख्न १० मिनेट समय दिएको हो । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

प्रतिनिधिसभा विघटन सम्बन्धी ३० वटा रिटको एकसाथ सुनुवाइ भइरहेको छ । संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ । अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् ।