राजनीति

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न शीर्ष नेताहरुको माग


काठमाडौँ – बाँके नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माग गरेका छन् । सामाजिक सञ्जालमा अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवाले घटनाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

‘भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, खेद प्रकट गर्दछ’ अध्यक्ष दाहालले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यको प्रवाह नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारबाही गरियोस भनि माग गर्दछु ।’

यस्तै देउवाले पनि स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो’ देउवाले ट्वीटरमा लेखेका छ्न, ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।ु
त्यस्तै माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण गर्नु जघन्य अपराध भएको बताएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत डाक्टर र नर्समाथि वाडमै आक्रमण गर्नु जघन्य अपराध भएको भन्‍दै आफु स्वास्थ्यकर्मीको साथमा रहेको उल्लेख गरेका छन् । उनले खेलेका छन् ।
ुमहामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरू माथि वाडमै आक्रमण गर्नु जघन्य अपराध होु शर्माले लेखेका छन् ुउक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस । सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो ।ु