काठमाडौँ – नेपाल सरकारको अनुरोधमा बेलायत सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायतको राजधानी लण्डनस्थित नेपाली दूतावसका अनुसार २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको हो ।
उक्त स्वास्थ्य सामग्र्रीसहिनको विमान बिहीबार अपराह्न नेपालका लागि बेलायतबाट उडिसकेको राजदूतावासले जनाएको छ । गैर आवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ । अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोप सहयोगका लागि राजदूतावासले पहल गरिरहेको थियो । राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।
अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली संघ, विभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले जानकारी दिए ।
समाचार
प्रतिक्रिया