राजनीति

संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई पत्र पठाउनुस् : अधिवक्ता भट्टराई


काठमाडौँ – संविधानविद् तथा अधिवक्ता टीकाराम भट्टराईले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सुझाव दिएका छन् । सभामुखले बोलाएको बैठकमा सहभागी हुँदै उनले सभामुखमा रहेको संवैधानिक अधिकार प्रयोग गर्न सुझाव दिए ।

“सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ,” उनले भने, “मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानले दिएको कर्तव्य निर्वाह नगरी बस्न सक्दैन ।”