राजनीति

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटको सुनुवाई सुरु


काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका रिटमाथि सुनुवाइ सुरु भएको हो ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् । अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल इजलासमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६९५० बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।