राजनीति

प्रधानमन्त्रीको गलत कदममा राष्ट्रपतिले मलजल गर्नुभयो : देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकमा राजनीतिक संकट ल्याउन खोजेको आरोप लगाएका छन्। प्रेस युनिएनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै राष्ट्रपतिले प्रधानमन्त्रीका गलत कदममा मलजल गरिरहेको आरोप लगाए।

ुसंविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार पेश गरेमा राष्ट्रपति कहाँ जाने व्यवस्था छ। हामीले यही व्यवस्थामा टेकेर सांसदहरूको हस्ताक्षर लिएर गएका थियौं। भेरिफाई नगरिकनै राति १ बजे राष्ट्रपतिले हाम्रो दावी रद्द गरिदिनु भयो। प्रधानमन्त्रीले संविधानको उल्लंघन गरे भन्दैमा राष्ट्रपतिले गर्न हुँदैन थियोु, उनले भने। उनले आफूहरू सर्वोच्च गएकाले त्यहाँबाट न्याय हुने विश्वास व्यक्त गरे।

कंग्रेस प्रजातन्त्र र स्वतन्त्रका लागि लडेको पार्टी भएको बताउँदै उनले मनपरितन्त्रका विरुद्ध आफूहरू अदालत गएको देउवाले बताए। उनले जनताको जीवन भन्दा अन्य कुरा ठूलो नहुने बताए। न्यायपालिकाले संविधान माथिको हस्तक्षेपलाई सच्याउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।