राजनीति

राजनीतिक दलको आन्तरिक झगडा र आक्रोससँग जोडेर राष्ट्रपतिमाथि हमला गर्नु शोभनीय भएन (भिडियोसहित)


काठमाडौँ – नेपाली राजनीतिमा अहिले राष्ट्रपतिको सर्वत्र विरोध भईरहेको छ । राष्ट्रपतिले सरकारको हरेका असंवैधानिक कदममा साथ दिएको आरोप लागेको छ । प्रधानमन्त्रीसँग मिलेर पदको गरिमालाई आँच आउने खालको राष्ट्रपतिको कार्यले व्यवस्थामा नै ठूलो धक्का लागेको राजनीतिका विशेषज्ञहरु बताउँछन् । तर राष्ट्रपतिका सल्लाहाकार टीका ढकालले भने यस्ता खाले अपुष्ट भनाईको कुनै तुक नहुने बताउँनु भएको छ । उहाँका अनुसार राष्ट्रपतिले आफ्नो संवैधानिक भूमिका निर्वाह गर्नबाट चुक्नु नभएको पनि बताउनु भएको छ ।
योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा कुरा गर्दै ढकालले अहिले आफ्नो पाटीको आन्तरिक विवादकै कारण राष्ट्रपतिमाथि हमला भएको उहाँको बुझाइ रहेको छ । राजनीतिक दलको आन्तरिक झगडा र आक्रोश राष्ट्रपतिमाथि थोपरिएको तर्क गर्नुभएको छ । यस्तो गलत मानसिकताको कार्यले पदको शोभामा ह्रास ल्याउने र यो खाले कार्य अशोभनीय भएको उहाँले बताउनु भयो ।
थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।