राजनीति

संसद् विघटनविरुद्धका रिटको सुनुवाइ प्रधानन्यायाधीशकै इजलासमा


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैँले गर्ने भएका छन्। आज बिहीबारको पेशीमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट प्रधानन्यायाधीशको इजलाशमा राखिएको छ ।
विघटनविरुद्ध दायर १९ रिटको सुनुवाइ आज हुँदै छ । विघटनविरुद्ध कुल ३० वटा रिट दायर भएका थिए । बिहीबार सुनुवाइ हुने निवेदनमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेको प्रक्रिया नमिलेको जिकिर गरिएको छ । बहुमत हस्ताक्षर पेश गरेको अवस्थामा राजनीतिक दलहरुले बुझाएको सर्मथनको प्रमाणीकरण नै नगरी मनोगत रुपमा निर्णय गरेर विघटन गरेको जिकीर रिटमा गरिएको छ ।
त्यस्तै संसद् विघटनका लागि सिफारिस गर्ने मन्त्रिपरिद्को निर्णय पनि असंवैधानिक भएको तर्क रिटमा गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदद्वारा दायर रिटको सुनुवाइ भोलि शुक्रबार हुनेछ ।