राजनीति

पार्टी एकता जोगाउन हाम्रो इमान्दार प्रयत्न रहनेछ : गोकर्ण बिष्ट


काठमाडौँ – नेकपा एमालेका नेता गोकर्ण विष्टसहितले बुधबार विज्ञप्ति निकालेको छ । जारी गरिएको विज्ञप्तिमा पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार रहेर प्रयत्न गर्ने बताएका छन् । उनीसहित १५ जना नेताले विज्ञप्ति निकालेर पार्टी एकताका पक्षमा जोड दिएका हुन् ।

नेता माधवकुमार नेपालनिकट रहेका विष्टले एमालेको पार्टी संरचना २०७५ जेठ २ अनुसार अगाडि बढाउनुपर्नेमा पनि जोड दिएका छन्। ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’ बिहीबार बिहान उनले फेसवुकमा लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित ११ जनालाई यसअघि पार्टीबाट निकालेका थिए।