Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

युनाईटेडलाई हराउँदै भिल्लारियललाई पहिलो पटक युरोपा कपको उपाधि


काठमाडौँ – यूईइफए युरोपा कपको उपाधि स्पेनिस क्लब भिल्ला रियलले जितेको छ । इलिस क्लब म्यानचेष्टर युनाईटेडलार्ई पराजित गर्दै भिल्लाले पहिलो पटक उपाधि जितेको हो ।

गएराति सम्पन्न फाइनल खेलमा युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्ने क्रममा भिल्लारियललाई निर्धाति ९० मिनेट र अतिरिक्ति समय ३० मिनेटमा पनि बराबरी भएपछि पेनाल्टीसम्म कुर्नु परेको थियो । निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि दुवै टिम १–१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा भिल्लारियलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा भिल्लारियल रियल १ गोलले अघि रहे पनि दोस्रो हाफमा युनाइटेडका एडिन्सन काभानीले गोल फर्काए। उनल खेलको म्याकटोमिनेको पासमा ५५ औं मिनेटमा गोल गर्दा निर्धारित समयमा खेल १–१ को बराबरीमा रोकियो। त्यसपछिको अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीबाट पनि खेलको नतिजा निर्धारण गर्न ११ औं राउण्डसम्म कुर्नुपरेको थियो। जसमा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेबिड डे गेया चुक्दा भिल्लारियलले युरोपा लिगको उपाधि उचाल्यो। यो सँगै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको भिल्लारियलले युरोपको मुख्य ट्रफीमा पहिलोपटक बाजीमारेको हो।