राजनीति

नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियतपूर्ण कार्य: राप्रपा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विश्वासको मत लिन नसकेर प्रतिनिधिसभा भंग गरेको दुईदिन पनि नहुँदै नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियतपूर्ण कार्य भएको बताएको छ ।

राप्रपा अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी संसद विघटन गरेको दुई दिनमै विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनियत भएको बताएका हुन् ।

राप्रपा अध्यक्षत्रयले संयुक्त वक्तव्य जारी गर्दै नागरिकता समस्या समाधानका लागि सर्वपक्षीय सहमति गर्नुपर्ने बताएका छन् । राष्ट्रिय हितविपरीतका प्रावधान राखेर जारी गरिएको अध्यादेशबारे पुनर्विचार गर्न समेत राप्रपाले सरकारलाई सुझाव दिएको छ ।