राजनीति

विपक्षी दलसँग एकढिक्का भई अघि बढ्छौं : कांग्रेस


काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनविरुद्धको राजनीतिक र कानुनी लडाइँलाई अझ् सशक्त रुपमा निरन्तरता दिने निर्णय गरेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै केन्द्रदेखि स्थानीय तहसम्म असंवैधानिक कदमहरविरुद्ध विपक्षी दलहरू एक भई अघि बढ्ने कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । साथै नेपाली कांग्रेसले अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा हुने जनाएको छ । बैठकपछि सहमहामन्त्री डा। प्रकाशरण महतले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेका हुने बताएका हुन् ।