राजनीति

नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत


काठमाडौँ – भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेको छ।

नेपालको राजनीतिक घटनाक्रमबारे सोधिकएका प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन् हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं। ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’

कतिपय विश्लेषकले पछिल्लो समय ओलीको भारतसँग सम्बन्ध गहिरिएको भन्दै विकसित राजनीतिक घटनाक्रममा उसको पनि भूमिका रहेको बताइरहेका बेला भारतले यस्तो प्रतिक्रिया दिएको हो। पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो । केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले ‘भारत नेपालमा निरंकुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताएका थिए ।