राजनीति

कांग्रेस पदाधिकारीको बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान ९ बजे बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने लागेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने छ। आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ।
साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने पौडेलले बताए।