समाचार

काठमाडौँ उपत्यकामा २० जेठसम्म थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता थपिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । तरकारी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने बताइएको छ ।