देश

संसद विघटनको विरोधमा नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडौँ – नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि देशका विभिन्न स्थानमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रर्दशन भइरहेका छन् ।