Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्सेमा ६ अंकको गिरावट


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६ अंकले घटेको छ । ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ ।

नेप्सेका अनुसार मंगलबार २१९ कम्पनीको १ लाख १२ हजार १४८ पटक कारोबार भएर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्रि भएको छ । मंगलबार ५ उपसमुहको बाहेक अन्य ८ समुहको परिसुचक घटेका छन् ।