देश

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको समाचारमा सत्यता छैन : सर्वोच्च अदालत(विज्ञप्तिसहित )


काठमाडौँ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय भेट नभएको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको जानकारी गराउनुभयो ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको समेत उल्लेख गरिएको छ ।

गएराति मात्र प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच बालुवाटारमा भेट भएको भन्ने समाचार सार्वजनिक भएका थिए ।