राजनीति

सभामुखले बोलाएको बैठकमा सुवास नेम्वाङ नजाने


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । केहीबेरमा प्रतिनिधि सभाको ल्होत्से हलमा छलफल हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उक्त बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पनि बोलाइएको छ । नेकपा एमालेका नेतासमेत रहेका नेम्वाङ बैठकमा नजाने भएका छन् ।

आफूलाई उक्त बैठकबारे जानकारी आए पनि पूर्वनिर्धारित अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले छलफलमा नजाने नेम्वाङले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे पूर्वसभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन् ।