राजनीति

नागरिकता अध्यादेश लागु भए नेपाल रहदैन : अधिवक्ता न्यौपाने (भिडियोसहित)


काठमाडौँ – राष्ट्रपतिले आइतबार नागरिकता सम्बन्धि अध्यादेश जारी गरेपछि यसबारे मिश्रित प्रतिक्रिया आउन थालेको छ । पहिले राष्ट्रविरोधी कार्य भनेर विरोध गर्दै आएका ओलीले नै यो अध्यादेश ल्याएपछि धेरैले यसलाई राजनीतिक सौदाबाजीका रुपमा हेरेका छन् । नागरिकता जस्तो संवेदनशील विषय राजनीतिक स्वार्थपूर्तीको साधन हुन नहुने उनीहरुको तर्क छ ।

सरकारले तीन वर्षअघि ल्याएको अध्यादेश संसद् पुगेपछि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी महिलाले अंगीकृत नागरिकता पाउने र त्यसका लागि कति समय पर्खने भन्नेमा सबैभन्दा बढी विवाद थियो ।

निरन्तर सात वर्ष नेपालमा बसेपछि मात्र अंगीकृत नागरिकता पाउनेलगायतका प्रावधान सत्तारुढ दलको जोडबलमै विधेयकमा राखिएको थियो । तर अहिले सत्ता संकटमा परेपछि ओलीले त्यो प्रावधान समेत हटाएर अध्यादेश जारी गराएका छन् । जस्लाई कानुनका जानकारहरु नागरिकता जस्तो संवेदनशील विषय राजनितिक स्वार्थ पुरा गर्ने अवसरका रुपमा सरकारले प्रयोग गरेको बताउछन् । यसै विषयमा वरिष्ठ अधिवक्ता बालकृष्णा न्यौपानेसँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुराकानी: थप जानकारीका लागि पू्रा अन्तर्वार्ता हेर्नुहोस् ।