राजनीति

नयाँ पार्टी खोल्ने तयारीमा खनाल-नेपाल


काठमाडौँ – पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमा नेपालले नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन् ।

आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको खनालले बताएका हुन्‌ । ‘उहाँ गद्दार हुनुहुँदो रहेछ, हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन, हामी नयाँ पार्टी खोल्छौँ, प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ अब नयाँ ढंगले नयाँ पार्टी निर्माणमा लाग्नेछौँ।

यसैगरी, नेता भीम रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाएको भन्नु फुटवादको निरन्तरता भएको उनले लेखेका छन्‌ ।

एमालेका पूर्व प्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहनेगरी संस्थापन (ओली पक्षले) निष्कासन गरेको छ ।