राजनीति

कारबाहीबारे रावलको प्रतिक्रिया : ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो’


काठमाडौँ – पार्टीबाट निष्काशनमा परेका नेकपा (एमाले) नेता भीम रावलले आफूहरुमाथि गरिएको कारबाहीलाई हास्यास्पद भनेका छन् ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ कारबाहीबारे रावलको प्रतिक्रिया छ, ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, रावल लगायत ११ जना नेता तथा विघटित संसदका सांसदलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासित गरेको छ ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । कुनैले पनि स्पष्टीकरण दिएका थिएनन् ।