राजनीति

सरकारले खोप ल्याउन पर्याप्त पहल गरेन, अब कांग्रेसले गर्नुपर्छ : शेखर कोइराला


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले खोप ल्याउन पर्याप्त पहल नगरेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्वारा सोमबार भएको भर्चुअल कार्यक्रममा डा. कोइरालाले सरकारले पहल नगरेकाले अब कांग्रेसले पहल थाल्नुपर्ने बताउनुभयो ।

साथै नेता कोइरालाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।