कोरोना विशेष

लिखुपिके गाउँपालिका अध्यक्षले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए


काठमाडौँ – सोलुखुम्बुको लिखुुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले आफुले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्स बनाएका छन् ।

कोराना भाइरसका कारण विरामी परेका जनताको उद्धार गर्न भन्दै अध्यक्ष बस्नेतले सुविधावापत आफूले पाएको गाडीलाई कोभिडविरुद्धको लडाइँमा प्रयोग गरेका हुन् । अध्यक्ष बस्नेतले प्रयोग गर्ने बा २ झ ३६८७ को स्कर्पियो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

पालिकामा एम्बुलेन्स खरिद प्रकिया सुरु भए पनि एम्बुलेन्स नआइसकेको अवस्थामा आवत जावतमा उपयोग भइरहेको गाडीलाई नै अस्थाई रुपमा एम्बुलेन्स बनाइएको पालिका अध्यक्ष बस्नेतले योहोखबरलाई जानकारी दिए ।

लकडाउनले सार्वजनिक यातायात बन्द भएपछि कोभिडका विरामीलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएको अध्यक्ष बस्नेतले बताए ।