काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार निधन भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जानकारी गराएको हो ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएपछि उहाँ पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया