Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्सेमा नयाँ रेकर्ड, १३ अर्ब माथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको छ । सोमबार १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन हालसम्मकै उच्च हो ।

आज २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ। नेप्से परिसूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ जुन हालसम्मकै उच्च विन्दु हो । सोमवार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने युनाइटेड इदि मर्दीको ९.८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.८७ प्रतिशत र ग्रिन डेभलपमन्ट बैंकको ९.४५ प्रतिशतले बढेको छ।