विदेश

गृहयुद्धको बाटोमा म्यानमार


काठमाडौँ – सैन्य कूबाट राज्यसत्ता हत्याइएको म्यानमार अब गृहयुद्धको बाटोमा लागेको स्पष्ट देखिएको छ ।

लोकतन्त्र खोसिएपछि आक्रोशित बनेका स्थानीयको आक्रमणमा परी ४० सैनिकको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । सैनिक र स्थानीय विद्रोहीबीच आइतबार झडप भएको थियो ।

विद्रोहीले मो बायको एक प्रहरी थाना कब्जा गरेका थिए । म्यानमारका कतिपय स्थानमा गृहयुद्धको त्रासले स्थानीय पलायनसमेत हुन थालेका छन् ।
सुरक्षाकर्मीहरुले व्यापक दमन र दैनिक नागरिकको हत्या गर्न थालेपछि यी विद्रोही समूहहरुले पनि हतियार उठाउने सम्भावना बढ्दै गएको छ। कतिपयले त सैन्य दमनबाट आत्मरक्षाका उपाय अपनाउन थालिसकेका छन् ।