राजनीति

विपक्षी गठबन्धनले दायर गरेको रिटमा नेपाल पक्षका २१ सांसदले सिंहदरबारमा हस्ताक्षर गर्दै


काठमाडौँ – प्रतिनिधि सभा विघटन भईसकेपछि त्यसविरुद्ध विपक्षी पाँच दलहरुको गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न सत्तारुढ नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सिंहदरबारमा पुगेका छन्। विपक्षी दलहरुको गठबन्धनले संसद् विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका २१ जना सांसदहरु सिंहदरबार पुगेका हुन् ।
माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडासहित २१ जना सांसदहरु सिंहदरबार आइपुगिसको र बाँकी सांसदहरुले वारेसनामा दिएको नेपाल पक्षका नेता सोमप्रसाल पाण्डेले बताए हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।