काठमाडौँ – भारतमा आउने ‘यास’ नामक चक्रवातको असर नेपालमा पनि पर्ने देखिएको छ । त्यसैले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबारदेखि वर्षा सुरु हुने सम्भावना छ। ‘कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा सरोकारवाला सबै चनाखो हुनुपर्ने हुन्छ।’
विशेष बुलेटिनमार्फत आफूहरूले भोलि मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको मौसमविद् पौडेलले बताए । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ।
अहिले भारतको पूर्वी क्षेत्र बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गएको छ । भारतमा यसको असर ठूलै पर्ने त्यहाका मौसमविद्हरुले बताएका छन् । त्यसै असरको क्षति कम गर्न भारतीय सरकारले त्यसका लागि व्यापक तयारी गरेको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । भारतीय मौसमविद्ले यस चक्रवातालाई ‘यास’को नाम दिएका छन् ।
मौसम विभागले निकालेको बुुलेबिटन
प्रतिक्रिया