राजनीति

प्रधानमन्त्रीको प्रस्ताव : चुनावी सरकारमा आउनुस्


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् ।

संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’