राजनीति

प्रधानमन्त्री ओलीको टिप्पणी : कांग्रेस पनि ‘प्रचण्ड पथ’ मा हिँड्न थाल्यो


काठामाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले पनि माओवादी केन्द्र पथ अपनाउन खोजेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले पनि माओवादी केन्द्रले लिएको कार्यदिशा प्रचण्डपथ अपनाएको आरोप लगाए । ‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ,’ उनले भने, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’

माओवादी केन्द्रप्रति निकै आक्रोशित ओलीले हिंसाबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले लोकतन्त्रलाई तहस नहस पार्न खोजेको आरोप समेत लगाए ।