Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

सगरमाथा चुचुरोमा पुगे बाबुसँगै १६ वर्षीय सोनाम शेर्पा


काठमाडौँ – ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन ।

आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताउनुभयो । पौडेलका अनुसार सोनाम आफ्ना बाबु पूर्णकुमार (पिके) शेर्पासँगै आरोहणका लागि गएका थिए । बाबु छोरा दुवैले आरोहण गरेको पौडेलले जानकारी दिनुभयो ।

सोनाम तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए । पिके भने अनुमतिपत्र लिएर वैशाख २४ गते गएका हुन् । केहिदिन अघि नै आरोहण प्रयास गरेपनि मौसम खराब भएपछि उनीहरु बेस क्याम्पमै बसेका थिए । मौसम खुलेसँगै आइतबार बिहान सफल आरोहण गरेको पौडेलले जानकारी दिनुभयो ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले सगरमाथा बेसक्याम्पबाट आएको जानकारी अनुसार उनले आरोहण गरेको बताइन् । ‘सबै फाइनल हुन आरोहण गरेर फर्किएपछि पर्यटन विभागमा बुझाएको डकुमेन्टका आधारमा हुन्छ,’ आचार्यले भनिन्, ‘आरोहण भन्ने सुन्नमा आएको छ ।’

उनी सबैभन्दा कान्छो आरोही हुनसक्ने आचार्यले बताएकी छन् । ‘उहाँ १६ वर्ष पुगेको हो,’ आचार्यले भनिन्, ‘अरुभन्दा कम उमेरको चाँही म यसअघिका सबैको कागजात हेरेर मात्रै भन्न सक्छु ।’ सोनामले गत महिना मात्रै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नागरिकता बनाएका थिए ।