Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

म्यारथनमा सहभागी २१ धावकको मृत्यु


काठमाडौँ – चीनमा अकस्मात् मौसम बिग्रँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भएका धावकहरुको मृत्यु भएको छ । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शनिबार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने वर्षा भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचारमा उल्लेख छ ।

सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी भएकामा केही हराएपछि प्रतियोगिता नै रोक्नु परेको थियो । खोजी तथा उद्धार टोली आइतवार २१ जनाको शव फेला पारेका हुन् ।

जिवित फेला परेका १५१ मध्ये आठ जनालाई भने चोट लागेको जनाइएको छ । घटना छानबिन गर्न समिति नै बनाइएको छ । ढुङ्गाका मनमोहक स्तम्भहरू रहेको येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।