कोरोना विशेष

कोरोना संक्रमणबाट कांग्रेसका क्षत्रीय सचिवको निधन


काठमाडौँ – नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र सनम्बर २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको कोरोना संक्रमबाट ५२ वर्षीय ऐरको शनिबार राति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको छ।

गत वैशाख २८ मा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। तीन दिनअघि स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित गोदावरी नगरपालिका–१ अत्तरियामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।