राजनीति

नेपाली कांग्रेस स्याङजाद्वारा राष्ट्रपतिको पुत्ला दहन


काठमाडौँ – शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको असंवैधानिक घोषणाको विरोध गर्दै नेपाली कांग्रेस स्याङजाले राष्ट्रपतिको पुत्ला दहन गरेको छ । राष्ट्रपतिको संसद भंग गर्ने कदम संविधान विपरित भएको भन्दै नेपाली कांग्रेस स्याङजाले शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौनजुलुस चोकमा पुगेर कोण सभामा परिणत भएको हो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी शर्मा ओलीको सरकारले राष्ट्रिय राजनीतिक मानमर्यादा समेतको धज्जी उडाएको आरोप लगाउनुभयो ।