राजनीति

राष्ट्रपतिको कदमप्रति भट्टराईको आक्रोशपूर्ण ट्वीट


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद भूमिकाप्रति जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओ‌लीको सिफारिसमा शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्ने निर्णय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।


पूर्वप्रधानमन्त्रीसमेत रहेको समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले पुस ५ बाटै यो हर्कत सुरु भएको भन्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कुकर्म भएको जनाएका छन् । उनले मध्याधि चुनावको घोषणा नभएर गणतन्त्र खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – ‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकर असंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत सुरू भएको थियो त्यसैको कडी हो यो ओली(विद्या कुकर्म १ यो कुनै मध्यावधि चुनाव हैन । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅस प्रतिवाद गरौं !’ । अहिले सामाजिक सञ्जालमा राष्ट्रपतिको कदमको तीब्र विरोध भइरहेको छ ।