राजनीति

कांग्रेसले बोलायो आकस्मिक बैठक


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आकस्मिक बैठक बोलाएको छ । बैठकको समय भने अहिले नै तय नभईसकेको र केही समयमा यसको टुंगो लाग्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण मतले जानकार दिए । राष्ट्रपतिको यस्तो घोषणापछि कांग्रेस कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बोलाएको उनले जानकारी दिए ।