राजनीति

चुनावको घोषणासँगै के होला एमालेको महाधिवेशन ?


काठमाडौँ – राष्ट्रपतिल विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा हिजो मध्यराति प्रतिनिधि सभाको पुनः विघटन र मध्यावधि चुनावको घोषणा गर्नु भएको छ । राष्ट्रपतिले सरकारको सिफारिसमा आगामी कात्तिक २६ र मंसिर ३ गते गर्नेगरी मध्यावधि चुनाव तोकेकी छिन्‌। राष्ट्रपतिको यस्तो घोषणासँगै साविक सत्तारुढ नेकपा एमालेको १० औँ महाधिवेशन के गर्छ होला भन्ने पनि सबैको चासोको विषय बनेको छ ।
मध्यवधिकको चुवाव घोषणा भएपछि एमालेले गर्ने भनेको पार्टीको १० औं महाधिवेशन सर्ने पक्कापक्की भएको छ। पार्टी अध्यक्षसमेत रहेका ओली समूहको गत फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एक पक्षीय रुपमा पार्टीको १० औँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यही खेर पनि पार्टीको विवाद चर्किरहेको थियो । यद्यपि महाधिवेशनका लागि तोकिएको मितिमा विवाद भने भईरहेको थियो ।