राजनीति

अल्पमतमा छु हजुर भन्दै ओलीको अर्काे खुरापाती सुरु, झुटै झुटमा चढेर फेरि प्रधानमन्त्री हुने दाउ(भिडियोसहित)


काठमाडौँ – नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थन रहेको दावी गर्दै राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरेका छन् । काँग्रेस सभापति देउवालेभन्दा बढि सांसदको दावी सहित दर्ता गरिएको दावी पत्रमा सांसदको समर्थनको दावी गरेका छन् । ओलीको दावी संविधान र उनकै बोलीसंग बाझिएको छ ।

संविधानको धारा ७६ को ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा काँग्रेस सभापति शेरबहादुर देउवा १४९ सांसद सहित प्रधानमन्त्रीमा दावी गरेका छन् । हालका प्रधानमन्त्री ओलीले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि १५३ जना सांसदको समर्थन रहेको दावी गर्दै निवेदन दर्ता गराएका छन् । दावीकै आधार हेर्ने हो भने ओलीसंग संख्या धेरै छ । तर देउवा र ओली दुवैले दावी गरेको समर्थन संख्या जोड्दा ३०२ हुन्छ । जबकी प्रतिनिधिसभामा हाल रहेको सांसदको सख्या २७१ मात्रै हो ।

ओलीले दावी गरेको १५३ सांसदहरुको समर्थनको हिसाव हेर्दा उनी स्पष्ट छलकपटमा छन् भन्ने प्रष्ट हुन्छ । किनकी राष्ट्रपति कार्यालय जानुभन्दा केही घण्टा अघि पत्रकार सम्मेलन गर्दै ओलीले संविधानको धारा ७६ को ३ बमोजिम आफू नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने तर संसदमा आफूले विश्वासको मत लिन नसक्ने भन्दै आत्मसमर्पण गरेका थिए । यसको अर्थ सामान्य बहुमत पुर्याउन १३८ सांसद पनि आफुसंग छैन भन्ने हो ।

तर त्यसको केहीबेरमै देउवाभन्दा पहिले शितलनिवास पुगेर आफूलार्य १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानभमन्त्रीका लागि आफूसंग बलियो आधार रहेको दावी गरेका छन् । के यो ओलीको खुरापाती राजनीति होइन र ? ओलीको दावी आधार हेर्दा उनले दलीय आधारमा सांसदहरुको संख्या गनेर १५३ पुर्याएको देखिन्छ ।

एमालेको १२१, जसपाको ३२ सांसद् जोडेर १५३ पुर्याएका हुन् । तर संविधानको व्याख्या अनुसार अब बन्ने सरकार दलीय आधारमा नभई संसदमा रहेका सांसदहरुको व्यक्तिगत संख्याका आधारमा हो । त्यसमाथि पनि ओलीको अंकगणितमा रहेको १५३ मध्य एमालेको २७ सांसद र जसपाको १२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने दावी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यसर्थ ओलीको दावी संवैधानिक रुपमा कमजोर धरातलमा छ भने उनी स्वयमले आफ्नो पूर्वअभिव्यक्तिलाई लत्याएका छन् ।

उनी झुटा सावित भएका छन् । शुक्रबार दिनभर विकास भएको रजानीतिक घटनाक्रम र ओलीको बठ्याइँ हेर्दा उनी अझै खुरापाती राजनीति गर्न राष्ट्रपतिलाई आफ्नो स्टेयरिङ बनाएर राजनीतिक अभिष्ट पुरा गर्न चाहन्छन् भन्ने देखिन्छ । तथापी ओलीको यो अरजानीतिक कार्यलाई राष्ट्रपतिले कसरी मुल्यांकन गर्छिन् त्यो हेर्न बाँकी छ ।