Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेपाली शेयर बजार मापक नेप्सेमा व्यापक चलखेल, अराजकता बढेपछि साना लगानीकर्ता जोखिममा(भिडियोसहित)


काठमाडौँ – यतिबेला नेपाली शेयर बजार मापक नेप्से उच्च विन्दुमा छ । यो साता मात्रै अघिल्लो साताको तुलनामा १ सय ३ दशमलव १८ अंकले बजार बढ्यो । कारोबार रकमले पनि अहिले साथ दिएको छ । तर बढेको बजारमा केही अराजक व्यक्तीले चलखेल गर्दा साना लगानीकर्ता फस्ने खतरा बढेको छ । नेपाली शेयर बजार यति बेला उच्च विन्दुमा छ । बजार घटेको वेला आत्तीएका लगानीकर्ता बढेको बेला पनि आत्तीएका छन । कारण हो सामाजीक सन्जाल ।

सामाजीक संजालमा भ्रामक समचार सम्प्रेषण गर्ने सञ्चार माध्यम र केहि लगानीकर्ताले ले सोझा सिधा लगानीकर्ता लाई झुक्याइरहेका छन । यो कम्पनीको यो समाचार आइरहेको छ र उ समाचार आइरहेको छ भन्दै सामाजीक सञ्जालमा भ्रामक पोस्ट हरुले लगानीकर्ता अलमलमा परेको पाईन्छ । यसै विषय लाई मध्यनजर गर्दै पुँजी बजारको नियाक निकाय धितोपत्र बोर्डले विहिबार मात्र एक विज्ञप्ती निकाल्दै विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको भन्दै प्रचलीत कानुन अनुसार कारवाहि गर्ने चेतावनि दिएको छ ।

बोर्डको सूचनाको अवज्ञा गरी अब उपरान्त बोर्डको स्वीकृति बीना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख गरेको छ । तर लगानीकर्ताको मत भने बाँझिएको छ । केहि लगानीकर्ताले यस्ता भ्रामक समचार प्रसारण र प्रकासनमा रोक लगाउने हेतुले प्रकाशित विज्ञप्तीको स्वागत गरेका छन भने केहिले यसको विरोध गरेका छन । पछिल्लो समय सामाजीक सन्जाल र सञ्चार माध्यममा चर्चीत बजारका काका उपनामले चिनिने केशव कोइरालाले सामाजीक सञ्जाल फेसवुक मार्फत भित्री कारोबार लाई प्रोत्साहन दिने बोर्डले कम्पनीको बारेका साना लगानीकर्ता सुसुचित गराउदा बोल्नु अपरिपक्क भएको आसय व्यक्त गरेका छन ।

त्यस्तै लगानीकर्ता दुर्गाप्रसाद काफ्ले पनि पनि बोर्डले प्रकाशित गरेको विज्ञप्तीको विरोध गर्छन । उनि लेख्छन ः संविधानमै वाक स्वतन्त्रता छ । संविधान विपरित वोल्नै नपाउने त होइन होला नि । जवरजस्ती किन्न वा नकिन्न भन्न पाइदैन यदि कसैले गरेको भए कानुनी कठघरामा ल्याइनु पर्छ तर कम्पनिको सहि विश्लेषण त गर्न पाइन्छ , विश्लेषणको आधारमा राम्रो र नराम्रो भन्न त पाइन्छ नि । आम लगानीकर्ताका हित विपरितका तथानाम वेथितीमा सेवोन चुं वोल्दैन तर नयां लगानीकर्ताहरू फस्न हुदैन भनेर वोलेको कुरामा कसि लगाउछ ! के सेवोनको पारा यहि हो ? यस्तै, लगानीकर्ता लक्ष्मी कोइराला भने ठुला लगानीकर्ताले त्यो कम्पनी नि वा नकिन भन्न नमिल्ने तर्क गर्छिन । उनि सामाजीक सञ्जालमा आफ्नो विचार राख्दै प्रश्न गर्छिन ः कसैले पनि त्यो किन त्यो किन वा त्यो वेच त्यो वेच भन्नु गलत हुँदैन र ?

त्यस्तै, भख्खरैबजार प्रवेश गरेकी लगानीकर्ता अन्जु पोख्रेल पनि सामाजीक सन्जालले अलमल बनाउने तर्क गर्छिन । उनका अनुसार भ्रममा नपरौ भन्दा भन्दै कम्पनीको बारेमा भ्रामक समचारले फसाउने उनको भनाई छ । बजारमा विभिन्न प्रकारका समाचर आए पनि लगानीकर्ताले सोच विचार गरेर मात्र लगानी गर्नु जरुरी देखिन्छ । सवैको कुरा सुनेर आफै निर्णय लीनु नै उचित मानिन्छ