राजनीति

संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै ओलीले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।

ओलीले ‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’‘हामीसँग समय छैन, विश्वासको मतमा पराजित भएर ५ मा जाने समय सुविधा हामीलाई छैन। ५ मै जाने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्तै गर्नु उचित मात्र होइन अत्यावश्यक भइसक्यो, ओलीले भने, ‘तसर्थ वैकल्पिक सरकार बनाउन गरिएको हो। छल्न खोजिएको होइन।’

यो एक वर्ष प्रधानमन्त्रीलाई पदबाट हटाउन खोजियो । उनले पुस ५ मा संसद विघटन गर्नुको कारण पनि खुलाए । ‘संसद थामिनसक्नु अवस्थामा पुग्यो। मैले प्रधानमन्त्रीको रुपमा मैले नयाँ सरकार बन्ने र सरकार काममा केन्द्रित हुने अवस्था देखिनँ’, ‘त्यही भएर ताजा जनादेशमा जाने निर्णयसहित पुस ५ मा संसद विघटन गरेँ ।’