राजनीति

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक विकासक्रमकै बारेमा बैठक बस्ने उनले बताउनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो २१ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) को नयाँ सरकार गठन गर्न आह्वान गरेपछि दलहरु आन्तरिक र सामूहिक छलफलमा छन् ।

आजै बिहान नेपाली कांग्रेसले सर्वदलीय बैठक राखेको थियो । राष्ट्रपतिले दिएको समयसीमा आज बेलुकी ५ बजे सकिँदै छ ।