राजनीति

‘यो माया खत्रा’ म्यूजिक भिडियो सार्वजनिक


काठमाडौँ – सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको स्वर रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा खनालकै शब्द, संगीत रहेको छ ।

रैला पपको रुपमा रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा लोमश शर्मा र बबिता बोहराको रोमान्स देख्न सकिन्छ । देशको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक बिभिन्न स्थानमा छायाँकन भएको भिडियो निशान एस केले निर्देशन गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा प्रकाश धमलाको सम्पादन र दिपक गिरीको छायाँकन छ । खनालको यो भन्दा पहिला राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।